औषधि व्यवसायी संघ भक्तपुरको साधारणसभा सम्पन्न

18

भक्तपुर । औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको चौथौं साधारणसभा तथा बनभोज सम्पन्न भएको छ । कार्यक्रम शनिबार निलबाराहीस्थान बोदे मध्यपुर थिमिमा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन गर्दै संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले व्यवसायीहरुको हकहितकोलगि संघले विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । ‘तपाईहरुलाई पनि केही तालिमको आवश्यकता भए माग गर्न सक्नुहुनेछ,’ बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले भने ।

कार्यक्रममा वागमती प्रदेश अध्यक्ष श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकोबारेमा जानकारी तथा स्वागत कार्यक्रम संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको सञ्चालन मुरारी नेपालले गरेका थिए ।

कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संयुक्त रुपमा क्यालेण्डर पनि विमोचन गरियो । संस्थाका सचिव कपिल कसपाल अनुसार संघमा करिब १६० जना औषधि व्यवसायीहरु हालसम्म सदस्य भएका छन् । भक्तपुर जिल्लामा करिब ६ सय औषधि व्यवसायी रहेको अनुमान गरिएको छ ।