काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ । मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन पनि सचेत गराइएको छ ।