भक्तपुर । नेपालकै पुरानो मध्य एक भक्तपुर अस्पतालले आफ्नो सेवा र सुविधाबारे सामाजिक परीक्षण गरेको छ । बुधबार
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको समन्वयमा अस्पतालको समाजिक परीक्षण अन्र्तगरत आमभेला कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेशसभासदस्य सुरेश श्रेष्ठले प्रदेश अस्पतालहरु मध्ये देशकै पहिलो र उत्कृष्ट अस्पताल वनाइराख्न अस्पताल प्रशासन, विकास समिति,चिकित्सक तथा कर्माचारीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । श्रेष्ठले देशै भरका सरकारी अस्पतालमा सरसफाइको समस्या रहेको औंल्याँदै भने, यो समस्यालाई बेलैमा सम्बोधन गर्न भक्तपुर अस्पतालले बिशेष ध्यान दिनुपर्दछ । स्वास्थ्य विमाका कारण भक्तपुर अस्पतालमा विरामीको चाप बढेको बताउँदै श्रेष्ठले भने, स्वास्थ्य विमालाई व्यवस्थित गरि नियमित औषधी वितरणमा प्रशासनको भूमिका महत्वपूर्ण रहने भएकाले अस्पतालले यस्तो सम्बेदनशिल बिषयमा ध्यान दिनु पर्दछ ।
तीन महिना भित्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुने भन्दै उनले एमआरआई र रोवट प्रविधिवाट उपचार गर्ने प्रविधिसहितको सेवा दिन बागमति प्रदेश सरकारलाई स्वास्थ्य मन्त्री मार्फत आग्रह गरिसकेको छौं ।संघिय स्वास्थ्य मन्त्री प्रदिप पौडेल मार्फत भक्तपुर अस्पतालमा डाइलाइसिस मेसिन खरिद गर्न पहल गरिरहेको बताउँदै उनले भक्तपुर अस्पतालमा भवन अभावकै कारण सोचे अनूरुपको सेवा प्रदान गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले समाजिक परीक्षणमा अस्पतालले दिने सेवा प्रवाहमा भन्दा पनि कति मानिसहरुले स्वास्थ्य लाभ लिन सके त्यो महत्वपूर्ण पाटो रहेको बताए । उनले भक्तपुर अस्पतालले सेवा बृद्धि भन्दा पनि भएका सेवालाई गुणस्तरीयतामा रुपान्तरण गर्न जोड दिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष मनोज थापाले उपोभोक्ता अदालत गठन भइसकेकाले विभिन्न सेवामा ठगिएका उपभोक्तले उजुरी दिने व्यवस्था रहेको बताए । उनले भक्तपुर अस्पतालमा स्वास्थ्य विमा सम्बन्धि धेरै उपभोक्ताहरुको गुनासो रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले विगदेखि नै अस्पतालको हरेक गतिबिधिबारे जानकार रहेको बताउँदै अस्पताललाई एक नम्बर वनाइराख्न अस्पतालका हरेक तह र तप्काको महत्वपूण भूमिका रहेको बताए । कार्यक्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष सु्न्दर शिल्पकारले अस्तालका नर्स तथा चिकित्सक र कर्माचारीहरुले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिनुपर्नेमा जोड दिए ।
सर्वसाधरण दिए यस्तो सुझाव
अस्पतालको सामाजिक परिक्षणमा सहभागी भएकाले अधिकांशले कर्मचारी र डाक्टरहरुबाट मुस्कान सहितको सेवा पाउन नसकिएको गुनासो गरे । सरसफाईमा कमी भएको, जेष्ठ नागरिकले पनि धेरैबेर लाइन बस्न परेको जस्तो गुनासो आएको रिर्पोट सार्वजनिक भएको छ । २ घण्टा भन्दा लामो समय ओपिडीमा बस्नु परेको धेरैको गुनासो रहेको छ ।
कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डाक्टर सुरेन्द्र भट्टले आएका गुनासोहरुको सम्बोधन तत्कान हुने जानकारी दिए । उनले दैनिक ९ सय ६५ हाराहारीमा सेवाग्राही अस्पतालमा आउने भएकाले ठाउँ अभावका कारणले चाहेजस्तो सेवा प्रभाव गर्न नसकेको प्रष्ट पारे । विगतमा संचानल भएर रोकिएका कार्यहरु क्रमशसुरु गर्दै जाने अस्पतालको तयारी रहेको छ, निमित्त निर्देशक डाक्टर सुरेन्द्र भट्टले भने । अस्पतालले दिएका सेवा र सुविधा तथा अस्पतालको वर्तमान अवस्थाको विषयमा जानकारी दिएका थिए ।
कार्यक्रममा सभा अध्यक्ष एंवम भक्तपुर अस्पतालका अध्यक्ष शशिजंग थापाले आम भेलामा उठेका जिज्ञासाको विषयमा सम्वोधन गर्ने अस्पतालले सरसफाईमा विषेश ध्यान दिएको बताए । अस्पतालमा आएका सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा दिएको अझै सुधार गर्दै जाने प्रष्ट पारे । उनले विभिन्न विभागमा विशेषिकृत सेवा दिएको, स्वास्थ्य विमा वाट दिने सेवालाई अझ परिष्कृत गरेको बताए । उनले आगामी दिनमा गुनासो आउन नदिने वातावरण तयारी गरिएको बताउँदै फेरी पनि अस्पताल पहिलो स्थानमै चयन हुने गरिनै काम गरिरहेको जानकारी दिए ।भक्तपुरको भूगोल कटेर अन्यत्र उपचार गर्न जाने वातावरणको अन्त्य गर्न अस्पताल विकाश समिति र अस्पताल लागेको अध्यक्ष थापाको भनाई छ ।