भक्तपुर । क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २६ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा न ६ स्थित नगरकोट फेदिमा रहेको क्वालिटी स्कुलले वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरि मनाएको हो । प्रमुख अतिथि राष्ट्रगानका रचयिता एंवम सर्जग प्रदिप कुमार राई ‘व्याकुल माइला’ले सम्पूर्ण विद्यार्थीले आफूमा राष्ट्रप्रेमको भाव विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा डाक्टर रविन कटवालको ‘संस्कार सहितको शिक्षा’ विषयक अभिभावकिय शिक्षा कार्यक्रमले अभिभावकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।
सो अवसरमा गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुको साथै शिक्षिका अनिता थापालाई नियमित शिक्षकको सम्मान प्रदान गरिएको छ ।कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शंम्भु अधिकारी, महासचिव प्रकाश चन्द्र खड्का, काठमाडौका अध्यक्ष अमृत खडका, भक्तपुरका अध्यक्ष संजय खड्कालगायतको उपस्थितरहको थियो ।
२६ औं वार्षिक उत्ससव कार्यक्रममा विद्यार्थीहरुद्धारा नृत्य तथा गायनहरू प्रस्तुतगर्नुको साथै एस.इ.इ २०८० का विद्यार्थीहरुलाई सम्मान तथा प्रगतीको कामना गरिएको विद्यालयका प्रार्चाय जी.बी खड्काले जानकारी दिनुभयो ।