नेपालमा दस धामको अवधारणा: धार्मिक स्थल अध्ययन भ्रमण

31

-रामेश्वर ढकाल
पर्व समय सुधार सँग सम्बन्धित नेपालका केही महत्वपुर्ण तिर्थस्थलहरुको भ्रमण गर्ने र त्यसलाई बाहिर ल्याउने, छलफल, बहस तथा खोज अनुसन्धानलाई अगाडी बढाउने उद्देश्य अनुरुप हामीले काठमाडौंको चोभारमा रहेको आदीनाय मन्दिरलाई पहिलो भ्रमण स्थल बनायौ । यस कार्यको अवधारणाकर्ता हुनुहुन्छ पर्व समय सुधार राट्रिय कार्यान्व्यन समितिका सदस्य सचिव ई. हरिनारायण मल्ल ई. हरिनारयण मल्लले आफ्नो जागिरे जीवनको अवकास पछिको सम्पुर्ण जीवननै पर्व समय सुधार अभियानमा समर्पित गर्नुभएको छ ।

यस अभियानमा अन्य थुर्पै्रमुरुधन्य व्यक्तित्वहरु जोडिनु भएको छ । क्रियाशिल हुनुहुन्छ । खास गरि हाल कायम रहेको नेपाली बर्ष (वि.सं.) र प्रमाणिक समय (खास समय) मा लगभग २४ दिनको फरक छ । यस विषयको अध्ययन गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले कार्यदल गठन गरि २४ दिनको फरक समयलाई तिथि र मिति दुवै मिलान गर्न एक महिना समय अगाडी आइसकेको अर्थात हामीले भन्ने गरेको चैत्र महिनालाई वैशाख महिना मानेर जाने सिफारिस गरेको थियो । तर सुधार गर्न मलमास को सहायता लिनुपर्ने भएकोले अधिकमास परेको वर्ष अधिकमासलाई अतिरिक्त शुद्ध चन्द्र महिनाको रुपमा गठन गरि मिलान गर्न सकिन्छ भन्ने अवधारणा हो । यो अवधारणालाई सम्वधित क्षेत्रका विज्ञ राज्य, सरकारले मात्र स्विकार गरेर पुग्दैैन जनस्तरमा पनि बुझाउन आवस्यक छ भनि त्यसको थप अध्ययन अनुसन्धान र प्रचार प्रसार गर्न पर्व समय सुधार राष्ट्रिय समाज नेपाल नामक सामाजिक संस्था गठन भै कृयासिल छ । यसै संस्थामा आवद्ध व्यक्तिहरु संलग्न भै हरिनारायण मल्ल सरले विभिन्न धार्मिक स्थल र त्यसको महत्व तथा जसको सम्बन्ध पर्व समय सुधार संग रहेको मन्मन्तर परिवर्तन संग रहेको केही जानकारीमुलक विषयका प्रत्यक्ष अवलोकन गरि व्याख्या विस्लेषण गर्नु भएको छ । त्यसै विषयलाई यस लेखमा संक्षेपमा प्रतुत गर्न जमर्को गरेको छु ।

आदीनाथ मन्दिर चोभार

आदीनाथ मन्दिर, काठमाडौंको चोभारको उच्च विन्दुमा अवस्थित एक ऐतिहासिक मन्दिर हो । यहाँको मन्दिर क्षेत्र भित्र अन्य मन्दिरको भन्दा केहि फरक दृष्यावलोकन गर्न सकिन्छ । त्यो हो मन्दिर हाता भित्र भित्तामा प्राय गोलाकार भाडाहरुलाई बीचमा किला ठोकेर राखिएको दृश्य सबैमा कौतहल्ता उत्पनन हुन्छ । त्यो दृश्य पछि यसरी राख्नुमा आ( आफ्ना विश्वास र व्याख्या पनि होलान तर हाम्रो अध्ययनको विषयमा प्रवेश गरौ । खास गरी धुर्व तारालाई स्थिर ताराको रुपमा चिन्छि लिइन्छ । त्यही धुर्व ताराको प्रतिको रुपमा त्यसलाई स्थापना गरिएको विषय मल्ल सरले हाम्रो टिमलाई जानकारी गराउनु भएको छ । हाम्रो मन स्थिर रहोस, स्थिर र स्वच्छ मनले मात्र सहि सोच र विचार कार्य गर्न सक्दछ । हाम्रो हरेक मठमन्दिरको स्थापना र त्यस स्थानमा नै स्थापना गर्नका वैज्ञानिक तथा शास्त्रीय कारण र मान्यताहरु छन भन्ने विषय हाम्रो अध्ययन ताथ अवलोकन भ्रमण मुख्य उद्धेश्य हो ।

नेपालको पौराणिक कथा वैशावलीमा उल्लेख भए अनुसार नेपाल महात्म्यमा विस्तृत व्यख्या गरिएको छ । जसमा हिन्दुहरुले श्रीकृष्ण र छोरा प्रधुन्न आएर सुदर्शन चक्रद्धारा गल्छी काटेको कथा छ भने वौद्धमार्गिहरु मन्जुश्रीलेतरवारले गल्छी काटेको वताउछन् । आदि नाथ भन्नाले शुरु देवता जनिने हुँदा धुव्रमा अवस्थित ब्रम्हाजी तिर आदिनाथ फर्कनु भएको छ । यसरी धु्रव तारा तर्फ फकर्नु वैवस्वत मन्वन्तर सम्बन्धि तथा विक्रम सम्वत लागु गर्दा वखतको विषय सँग सम्बन्धित छ । अब परिवर्तन हुने सावणि मनुका प्रसंग कृष्णको बाबु नन्द गोठालो र राजा सिद्धिनसिंह मल्लको प्रशङ्ग जोडिएको छ । भनिन्छ जमिनमा गाडेर कलशमा लुकाइएको धन पाएर नन्द गोठालाअती धनी भए र राजा सिद्धिनरसिह मल्लले यो धन काहाँ पायौँ भनि सोध्दा कर्कटक नागले सिकाए बमोजिम नन्दले राजालाई कुनै जवाफ दिदैनन् किनकी सत्यतथ्य बताएका तिमि मर्नेछौ भनि कर्कटक नागले भनेको थिए ।

यहिक्रममा आदिनाथलाई एक पटक कान्तिपुर सहरमा ल्याइदा १६ वर्षको युवतीको रुपमा टहल्न रथबाट बाहिर आउँदा भोटका व्यक्तिहरुले आक्रमण गरी आदिनाथलाई साँखु हुदै आफ्नो भोट केरुङमा लागेर स्थापना गरेको थिए । सायद यहि कारणले हुन सक्दछ भोटाहिटी नामको टोल पनि निर्धारण गरिएको हो र इन्द्रजात्राको समयमा नालाबाट ल्याइएको ३२ हाते लिङ्गोलाई दरबार हाई स्कुलको वगलमा चार दिन इन्द्रजात्राको अगाडि राखिन्छ । पछि सोही लिङ्गोलाई इन्द्रजात्राको दिन हनुमानढोका अगाडि खडा गरिन्छ । भोट अथार्त उच्च हिमाली क्षेत्र जहाँ कैलाश पर्वत देखि धेरै जसो ऋषिमुनीहरुले तपस्या गरेको क्षेत्र भएको हुदाँ स्वर्गको प्रतिकको रुपमा लिइन्छ । इन्द्र स्वर्गका राजा भएकाले स्वर्गको स्वार्गाहण जात्रा/इन्द्र जात्राको प्रचलन रहेको तथ्य स्थापित हुन्छ । इन्द्रजात्राकौ समयमा काष्ठमाण्डपको पूर्व दक्षिण कुनामा रहेको जलविनायक नजिक काठको मञ्च बनाएर त्यस माथि इन्द्रलाई इन्द्रथान तर्फ फर्काएर राखिएको हुन्छ । यसको सम्बन्ध चोभारको जल विनायक सँग पनि छ । जलविनायक काष्ठमण्डप मन्दिरको पूर्व (दक्षिणकुना तर्फ स्थापना गरिएको छ।

विश्वामित्र आश्रम–कुशेश्वर महादेव, दुम्जा, सिन्धुली

सुनकोशी नदिको किनार जहाँविश्वामित्रआश्रम छ वारीपट्टि सुन्धुलीको दुम्जा र पारीपट्टी आश्रम रहेको स्थान रामेछाप जिल्लाको खाडाँदेवी २ पर्दछ । जुन स्थानमा सत्य युगको आन्तिम र त्रेतायुगका प्रारम्भमा विश्वासमित्र ऋषिले गायीमन्त्रको प्रारम्भ(श्रृजना) गर्नु भएको थियो । ‘‘अभिमन्ता हरिनारायणमल्लका अनुसार विश्वामित्र भनेको उदाउन लागेकोसुर्य हो जसको सम्बन्ध अस्ताउन लागेको नक्षेत्रसँग हुन्छ । ” ‘‘सत्ययुगबाट त्रेता युगमा लैजाने विश्वाभित्र हुन” यस पवित्र स्थानमा रहेको गुफामा बसेका विश्वाभित्र सुनकोसी नदिमा स्थान, गरी नदि तरेर कुशेश्वर महादेवको दर्शन तथा पूजा आरधना गर्ने गर्दथे भन्ने विश्वास छ । जहाँ ६४ लिङ्ग मध्येको पहिलो लिङ्ग रहेको छ । पुर्वको बिहानी अर्थात सूर्य जुन सुनकोसी नदि पूर्वबाट देखिने सूर्यदयको आधारमा विश्वामित्र ऋषिले ६ महिना उत्तर अर्थात उत्तरायण र छ महिना दक्षिण, दक्षिणायनलाई प्रष्ट संकेत गरेको बुझाई छ ।

चार धाम
भगवा वुद्धका अनुयायी अडि शंकराचार्यले वौद्ध चारधाम (जन्म स्थान लुम्बिनी, ज्ञान प्राप्त –वोध गया, पहिलो शिक्षा–वनारस मृत्यू–कुसिनगर) लाई वौज्ञानिकरण गरेर एक महिना सारे र चार धाम, वद्रीनाथ–उत्तरायण आरम्भ,रामेश्वर–दक्षिणायन आरम्भ, जगन्नाथ–पूर्वी धाम, द्धारिका पश्चिम धाम नामकरण गरिदिनु भएको हाम्रो अभियान अन्तर्गत, एक महिना सार्दा नेपाली चारधाम, हागिका पश्चिम धाम नामकरण गरिदिनु भएको थियो । हाम्रो अभियान अब, एक महिना सादी नेपाली चारधाम जुन शास्त्रिय मान्यता अनुकुल रहनेछ ।
पहिलो संक्रान्तिलाइ इङकित गर्ने विश्वामित्र
विश्वको तारासँग मित्रता भनेको विश्वामित्र
सत्ययुगवाट त्रेतायुगमा लैजाने विश्वामित्र ।

नेपालको पौराणिक कथा वैशावलीमा उल्लेख भए अनुसार नेपाल महात्म्यमा विस्तृत व्यख्या गरिएको छ । जसमा हिन्दुहरुले श्रीकृष्णर छोरा प्रधुन्न आएर सुदर्शन चक्रद्धारा गल्छीकाटेको कथा छ भने वौद्धमार्गिहरुले तरवारले गल्छी काटेको वताउछन् । आदि नाथ भन्नाले शुरुदेवताजनिने हुँदा धुव्रमा अवस्थित ब्रम्हाजी तिर आदिनाथ फर्कनु भएको छ । यसरी धु्रव तारा तर्फ फकर्नु वैवस्वत मन्वन्तर सम्बन्धि तथा विक्रम सम्वत लागु गर्दा वखतको विषय सँग सम्बन्धित छ ।

अब परिवर्तन हुने सावणि मनुका प्रसंग कृष्णको बाबु नन्द गोठालो र राजा सिद्धिनसिंह मल्लको प्रशङ्ग जोडिएको छ । भनिन्छ जमिनमा गाडेर कलशमा लुकाइएको धन पाएर नन्द गोठालाहरु अती धनी भए र राजा सिद्धिनरसिह मल्लले यो धन काहाँ पायौँ भनि सोध्दा कर्कटक नागले सिकाए बमोजिम नन्दले राजालाई कुनै जवाफ दिदैनन् किनकी सत्यतथ्य बताएका तिमि मर्नेछौ भनि कर्कटक नागले भनेको थिए । यहि क्रकमा आदिनाथ एक पटक सहरमा ल्याइदा १६ वर्षको युवतीको रुपमा टहल्न रथबाट बाहिर आउँदा भोटका व्यक्तिहरुले आक्रमण गरी आदिनाथलाई साँखु हुदै आफ्नो भोट केरुङमा लागेर स्थापना गरेको थिए । सायद यहि कारणले हुन सक्दछ भोटाहिटी नामको टोल पनि निर्धारण गरिएको हो र इन्द्रजात्राको समयमा नालाबाट ल्याइएको ३२ हाते लिङ्गोलाई दरबार हाई स्कुलको वगलमा चार दिन इन्द्रजात्राको अगाडि राखिन्छ । पछि सोही लिङ्गोलाई इन्द्रजात्राको दिन हनुमानढोका अगाडि खडा गरिन्छ । भोट अथार्त उच्च हिमाली क्षेत्र जहाँ कैलाश पर्वत देखिधेरै जसो ऋषिमुनीहरुले तपस्या गरेको क्षेत्र भएको हुदाँ स्वर्गको प्रतिकको रुपमा लिइन्छ । इन्द्र स्वर्गका राजा भएकाले स्वर्गको स्वार्गाहण जात्रा÷इन्द्र जात्राको प्रचलन रहेको तथ्य स्थापित हुन्छ । इन्द्रजात्राकौ समयमा काष्ठमाण्डपको पूर्व दक्षिण कुनामा रहेको जलविनायक नजिक काठको मञ्च बनाएर त्यस माथि इन्द्रलाई इन्द्रथान तर्फ फर्काएर राखिएको हुन्छ । यसको सम्बन्ध चोभारको जल विनायक सँग पनि छ ।

नमोवुद्ध
पनौतीका राजा महारथ थिए । उनका छोरा महासत्व (पूर्नजन्म लिने व्यक्तिलाई महासत्व भनिन्छ) वागिनीले बच्चा पाएको र सिकार खेल्न जान नसकने बगिनीलाई मासु खुवाएको कथा मन्वन्तर परिवर्तन सँग सम्बन्धित छ ।
(महारथ भन्नाले एक कल्प२६हजारवर्षकोचक्रमहासत्व–सूर्यदेखि तारा सम्मसत्य) वगिनीको बच्चा भनेको नक्षत्र हो, वौद्य स्तुपा तथा मानेहरुमा घुम्ने भनेको नक्षेत्रको भ्रमण गर्नु हो । भगवान गौतम वुद्धले भ्रमण गर्नुभएको वोदिसत्य (अर्थात पुर्नजन्म लिएको) अरुलाई मुक्त गर्न पुर्नजन्म लिएको जसमा मञ्जुश्रीलाई प्रमुख मानिन्छ । हिन्दु धर्मका हिसाबले मार्कण्डमलाई सबैभन्दा ठूलो चिरन्जीवी मानिन्छ त्यस्तै ने मुनीलाई पनि चिरन्जीवी नै मानिन्छ । जो एक कल्प सम्म वाच्दछन त्यसैदे मन्वन्तर सार्ने जिम्मा ने मुनी र मार्कण्डयको हो । नमोवुद्ध वगिनीले बच्चा पाएको तर सिकार गर्न जान नसक्ने अवस्था रहेकोमा पनौतीका युवराज महासत्वले आफ्नै मासु खुवाएर वगिनी र बच्चालाई जोगाएका कथा छ ।

वघिनी भन्नाले टाटेपाटे देखिने नक्षत्र जगतको संवत हो , उसले नयाँ बच्चा पाएको भन्नाले नयाँ उत्तारायण र दक्षिणायण आरम्भ विन्दुहरु र विशुवत विन्दुहरुलाई चार युगको आधारमा मानेको सम्झनु पर्ने हुन्छ । जस्तै पहिलो नक्षेत्र कृतिका मानिन्थ्यो भने वैवशथ मन्वन्तरमा अस्विनी नक्षत्रलाई पहिलो नक्षत्र मानियो । यहि नयाँ नक्षत्रलाई वसन्त विषुवत मान्नु वाघिनीले नयाँ बच्चा पाएको बुझ्न सकिन्छ । अहिले श्रावाणि मनमन्तरमा पहिलो नक्षत्र पूर्वभादको चौथो पादबाट शुरु गरिदै छ । यो ने वागिनीले (नक्षत्रले)अर्काे बच्चा पाएको भन्न सकिन्छ । यसरी चार युगलाई उत्तरायण, दषिणायण, वसुन्त विशक र सरद विशुवलाई वगिनीका नयाँ चार युगका बच्चा मानिन्छ । बच्चा पाउनु भन्नाले नयाँ मनवन्तरलाई जनाइएको हो । हालको सावणि मन्वन्तरको लागि पनि प्रयास भने नेपालकानै जयस्थीती मल्ल, लक्ष्मी नरासिंह मल्ल, सिद्धिनरसिंह मल्ल, प्रताप मल्ल हुदै अन्तिममा महेन्द्र राजा सम्म पनि प्रयास जारी नै रहयो। तथापी दरवार हत्याकाण्ड पछि मात्र अहिलेको पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको गठन पछि अहिले पर्व सुधारको अन्तिम प्रयत्न भएको छ ।

पलाञ्चोक भगवती
पलायन हुने, लोप हुने अर्थात शुन्यतामा जाने

पलाञ्चोक भगवती -सत्ययुग
त्रेता -नाला भगवती
द्वापर -नक्साल भगवती
कलियुग -शोभा भगवती
भारतको विशेषता -चारधाम
नेपालको विशेषता -चार युग

नयाँ र पुरानो मनमन्तर गरी दश धामकोे रुपमा भावी सन्ततीलाई व्यवख्या हुने गरी निर्धारण गरिएको छ । दसधामहरु (मनमन्तर सुधार सम्बन्धमा) देहाय बमोजिम प्रस्तुत गरिएको छ ।
१. आदिनाथ चोभार
२. विश्वाभित्रश्वर कुशेश्वर
३. नमोवुद्ध
४. पलाञ्चोकभगवती
५. वौद्धनाथ
६. गुहेश्वरी
७. पशुपतिनाथ
८. इन्द्रथान
९. मान्मा, कलिकोटमा रहेको रानि ढुङ्गा
१०. काष्ठमाण्डप

एक मन्वन्तरवाट अर्काे मन्वन्तरमा जाने विषय नमोवुद्धले जनायो भने एक मन्वन्तर भित्रको पहिलो युग सत्य युगलाई भने पलाञ्चोकी भगवतीले जनाउँछ । जनाउने चार पाउला टेक्दा नन्दिले सत्ययुग जनाउछ । तीन पाउले त्रेता, दुई पाउले द्वापर र एक पाउले कलि हुन्छ । धर्मरुपी नन्दिले तेक्दा यसै सँगै सम्बन्धीत एउटा कालिगढले चार हात खुट्टा हुदा बनाएको पलाञ्चोक भगवती मन्दिर र त्यसपछि हात र खुटा काटेदै गएको प्रशङ्ग जोडिन्छ । पलायनबाट पलाञ्चोक भएको विश्वास गरिन्छ । पलायन भन्नाले निर्वार्ण व्रमलिन, सत्य युग, शुन्यता, मोक्ष आदी जनाउँछ । जसको अर्थ तया सम्बन्ध सत्ययुगसँगै छ ।