भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

67
सांकेतिक तस्विर

काठमाडाैं । भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार सल्लाघारीमा माेटरसाइकल र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हाे ।

कोटेश्वरबाट सल्लाघारी जाँदै गरेकाे बा ६ च ८१५ नम्बरको कारले बा २८ प ७३९२ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा चालककाे मृत्यु भएकाे भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  ।

‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो’, उनले भने । चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।