हनी ट्रयापमा फसाउन खोजेको आरोप लागेकी युवती धरौटीमा रिहा

91

काठमाडौं । राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा रिहा भएकी छिन् ।
चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।न्यायाधीश श्यामबिहारी मौर्यको सोमबारको इजलासले आचार्यलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि उनी ४५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दाका शाखाका डीएसपी हरि खतिवडाले बताए ।