भक्तपुर । नारी दिवशको अवसरमा साहित्यकार तथा पत्रकारहरुले सम्मान प्राप्त गर्ने भएका छन् । सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरकी महिला उपाध्यक्ष नबिना श्रेष्ठ नारी स्रष्टा सम्मान-२०८१ बाट सम्मानित हुने भएकी हुन् ।
नामावली यसप्रकार रहेको छ
१, वालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार तथा सम्मान २०८१ बाट
पुरस्कृत हुनुभएको साहित्यकार देवीप्रसाद घिमिरे ।
२, स्थिति लम्साल बाल स्रष्टा पुरस्कार तथा सम्मान २०८१ बाट पुरस्कृत हुनुभएको बाल स्रष्टा सिल्भिया खड्का ।
विविध विधामा उत्कृष्ट कार्य गरी आफ्नो फरक पहिचान बनाउनु हुने आदरणीय नारी स्रष्टालाई सम्मान गर्दै
नारी स्रष्टा सम्मान-२०८१ बाट छ जना नारी स्रष्टालाई सम्मान गर्ने निर्णय गरिएको छ ।
१, सविता शर्मा पत्रकार (गोरखापत्र संस्थान )
२, मन्दिरा मधुश्री (साहित्यकार )
३, नविना श्रेष्ठ रेडियो पत्रकार ( भक्तपुर एफ एम )
४, कालिका त्रिपाठी पन्त (साहित्यकार )
५, लता केसी (साहित्यकार )
६, रञ्जु खनाल (शिक्षक तथा साहित्यकार )