नगरकोट भ्रमण वर्षको प्रर्वद्धन गर्न शुक्रवार एमालेको “चाँगु-नगरकोट पदयात्रा”

62

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले चाँगु नगरकोट पदयात्रामा सहभागी हुन सबैमा आग्रह गरेको छ । “भोली फागुन १६ गते शुक्रबार हुने उक्त महत्वपूर्ण कार्यक्रममा सहभागी भएर नगरकोट भ्रमण वर्ष २०८१ लाई प्रर्वद्धन गर्न आम भक्तपुरबासीलाई आग्रह गर्न चाहान्छु,” एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले भने । शुक्रबार चाँगुनारायण नगरपालिकाको वडा नं. ४ कार्यालय नजिकै रहेको हजार सिढीँबाट पदयात्रा सुरु हुने अध्यक्ष देउजाले जानकारी दिए । बिहान ७ः३० बजे सबैजना भेला भएर चाँगुनारायण मन्दिर परिसर हुदैं तेलकोट, निस्कने तयारी रहेको छ । एमालेको तीन महिने वडा केन्द्रित अभियान कार्यक्रम अन्तर्गत रहेको यो पदयात्राको समापन नगरकोटमा पुगेर हुनेछ ।