भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) आठौं महाधिवेशनको तयारीमा जुटेको छ । यहिँ फागुनको १६ गतेदेखि १९ गतेसम्म भक्तपुरमा आठौं महाधिवेशन हुने नेमकिपाले जानकारी दिएको छ । वि.स २०३१ साल माघ १० गते यो पार्टीको स्थापना भएको हो । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व नारायणमान बिजुक्छे रोहितले गर्दै आइरहेका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौउरमा ४ दिने चल्ने महाधिवेशनको उद्घाटन सत्र भब्य बनाउन विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी नेमकिपाले गरेको छ ।