गोल्डेन सुनगाभा स्कूलमा खेलकुद सप्ताह सुरु, तस्विरमा हेरौं

44

भक्तपुर । चाँगुनारायण नगरपालिका २, दुवाकोटमा रहेको गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ स्कूलमा खेलकुद सप्ताह सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्री सोमप्रसाद प्रधानले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा खेलकुदको महत्वलाई जोड दिनुभयो । चाँगुनारायण नगरपालिका प्याब्सन अध्यक्ष श्री टंक सिटौलाले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापको विकासमा निरन्तर सहयोग गरिरहने बताउनुभयो । साझा प्रकाशनका पूर्व महाप्रबन्धक होम गौतमले विद्यालयको शैक्षिक तथा खेलकुद प्रवद्र्धन गरेको कार्यलाई प्रशंसा गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक महेश चन्द्र गौतमले खेलकुदले अनुशासन, सहकार्य र आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्नुभयो । विद्यालयका उप–प्रधानाध्यापक बिनय खड्काले विद्यार्थीहरूलाई खेलमा सक्रिय सहभागिता जनाई खेल भावना कायम राख्न आग्रह गर्नुभयो ।
उक्त समारोहमा विभिन्न रोचक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए जसमा कक्षा अनुसारको मार्चपास, स्काउट टिमको अगुवाइमा विद्यार्थीहरूले अनुशासन र एकताको साथ प्रदर्शन गरेका थिए भने खेल भावनालाई अझ भावनात्मक बनाउन उसु खेल पनि प्रर्दशन गरिएको थियो । खेलकुद सप्ताहलाई झन् रोचक बनाउन अभिभावकहरूको लागि माटोको भाँडो फुटाउने खेल, म्युजिकल चियर खेल, कोन खेल जस्तो रमाइला खेलहरू आयोजना गरिएको थियो ।

शुक्रबारबाट विद्यार्थीहरूलाई नियमित एक हप्ता सम्म खेल खेलाइ उनीहरुको आत्मविश्वास वृद्धि गर्न र नेतृत्व विकास गराउन सहयोग गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दिपक कुमार खड्काले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावक तथा विशेष अतिथिहरूको उपस्थितिले रहेको थियो ।

खेलकुद सप्ताह, तस्विरमा हेरौं