१६ सयले बढ्यो सुनको मुल्य

7

काठमाडौं । सुनको भाउ आइतबार बढेको छ । तोलामा १ हजार ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ हजार ६ सयले बढेर १ लाख ५५ हजार ७ सयमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय थियो । त्यसैगरी चाँदीको भाउ पनि १५ ले बढेर तोलाको १ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको १ हजार ८ सय ४५ थियो ।