उर्जामन्त्री नै अख्तियारको छानबिनमा परेपछि १६ अर्बको ठेक्का रद्द

14

काठमाडौँ । सेटिङमा निकालिएको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएछि डोल्पामा अवस्थित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ। उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको समेत लगानी भएको आयोजनामा मिलोमतो भएको तथ्य बाहिरिएपछ जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले ठेक्का नै रद्द गरेको हो। अआयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब स्वपुँजी हुने जनाइएको छ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको सूचनामा सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्द भएको जनाएको छ। गत जेठ २० गते आह्वान भएको १६ अर्बको ठेक्कामा ६ वटा कम्पनीले आवेदन दिए पनि उर्जा मन्त्री खड्काको अग्रसरतामा हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सन र एजीलाई ठेक्का दिलाउने गरी सेटिङ गरेको आरोप लागेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जसरी पनि हटाउन लागी परेका खड्का आफैँ अर्बौैको ठेक्का मिलोमतो गरेको अभियोगमा छानबिनमा परेका छन्। स्रोतका अनुसार १६ अर्बको ठेक्कामा मन्त्री खड्काले आफूलाई दुई प्रतिशत र प्रस्पिर्धामा सहभागी बाँकी चारवटा कम्पनीलाई एक/एक प्रतिशत कमिसन बापतको चेक दिएर ठेक्का सेटिङ गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि प्राविधिक कारण देखाएर हतारहतार ठेक्का रद्द गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जारी गरेको विज्ञप्तिमा भने प्राविधिक कारण भएको दाबी गरिएको छ।
उनले जारी गरेको सूचनामा भनिएको छ, ‘यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आँफैमा संवेदनशील विषय हो, ठेक्का मूल्यांकन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ।’

अर्ध जलासययुद्ध जगदुल्ला जलविद्युत् आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा बनाउने योजना अघि सारिएको छ। जगदुल्ला–२ हुरिकोटमा जलाशय निर्माण भइ ६।२ किलोमिटर सुरुङबाट पानी लगिनेछ। तीनवटा टरवाइनमार्फत् विद्युत् उत्पादन हुने आयोजना निर्माणका लागि बाटो लगायका संरचनाहरु कर्णाली प्रदेश सरकारसमेतको अग्रसरतामा निर्माण भइरहेको छ। ठेक्का आह्वान हुँदा २०८६ भित्र पूरा गर्ने लक्ष्य राखिए पनि अब रद्द भएकाले अनिश्चित भएको छ।

आयोजनाबाट वार्षिक ६२३।४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ। जसमा वर्षायाममा ४३०।२३ गिगावाट घन्टा र हिउँदयाममा १९२।२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९एचआइडिसीएल०, कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्नेछ। जसमा नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।

मन्त्रीको बचाउनमा कम्पनी

छानबिनमा परेपछि ठेक्का रद्द भएको समाचार सार्वजनिक भएपछि कम्पनीले मन्त्री खड्को बचाउ गरेको छ। जदुल्ला कम्पनीमा उर्जामन्त्री प्रत्यक्ष रुपमा संलग्न नहुने भएकाले उनलाई जाडेर आएको समाचार तथ्यहिन भएको कार्यकारी सापकोटाको भनाइ छ।
-देश संचारबाट