धिमय् बाजा प्रतियोगिताः उपाधि ताथलीलाई

34

भक्तपुर । बागमती प्रदेश स्तरीय धिमय् बाजा प्रतियोगिताको उपाधि ताथली धिमे खलले जितेको छ । चाँगुनारायण नगरपालिकाको आयोजनामा गरेको उक्त प्रतियोगितामा प्रथम हुने ताथली धिमय् खललाई नगद रू. ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले प्रदान गर्नुभएको थियो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल ताथलीको बैकाभु गणेश सांस्कृतिक खलले नगद २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान पुरस्कारको रूपमा पाएको थियो ।

१०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान सहित तृतीय स्थान भने भक्तपुरको निओ फ्युजन बाजा समूहले प्राप्त गरेको थियो । चौथो स्थान भने बनेपा काभ्रेको देउला बाँसुरी बाजा खलले हात पारेको थियो । उक्त खललाई पाँच हजार नगद पुरस्कार शिल्ड र एक थान धिमय् बाजा प्राप्त गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा पाँचौँ बनेपाको वान्ख्यो डाफा भजन खलले हात पारेको थियो तथा निर्णायकको छनोटमा परेको उक्त खललाई धिमय् बाजा पनि प्रदान गरिएको थियो ,छैंठौं लायकु धिमय् खल पनौती ,सातौँ मध्यपुर थिमीको सिवा सायमी खल,तलेजु बाजा खल लुभुले आठौँ,नबैं स्थानमा काठमाडौँको बालकुमारी धिमय् खल र दसौँ ताथलीको सौडोल सांस्कृतिक बाजा खल भएको थियो ।