काठमाडौं । सप्तरी जिल्लाको अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर-५, बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबिबिएस डाक्टर पढाउने चाहन्थे । उनको त्यो चाहानालाई सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले बर्बाद गरिदिएका छन् । पोखरेलले मसँग भेटेर मेरी छोरीलाई एमबिबिएस डाक्टरी पढाउन मेरो पहुँच माथिसम्म पावर छ। म तपाईंको छोरीलाई डाक्टरी पढाउन, नाम निकाल्न होस्टलमा राख्न समेत वातावरण बनाइदिन्छु भनेर आश्वासन दिएका थिए,’ चौधरीको जाहेरीमा उल्लेख छ।
विश्वासमा लिएर चौधरीले पटक-पटक गरी ३८ लाख ८० हजार रुपैयाँ पोखरेललाई दिएको पनि उक्त जाहेरीमा उल्लेख छ। एमबिबिएस डाक्टर पढाउने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएको खबर बाहिरिएपछि सभापति पोखरेलले शुक्रबार स्वकीय सचिवलाई निकालेका हुन्। पोखरेलले संघीय संसद सचिवालयलाई शुक्रबार स्वकीय सचिव निकालेको जानकारीसमेत गराएका छन्। ‘मेरो स्वकीय सचिवको रुपमा कार्यररत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ पत्रमा उल्लेख छ, ‘उनीमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारबाट आजैको मितिदेखि लागु हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु।’
सभापति पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्नसमेत माग गरेका छन्।
‘