होटलमा एक युवती मृत फेला

124

काठमाडौं । होटलमा एक युवती मृत फेला परेकी छिन् । पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी २३ वर्षकी युवती बुधबार दिउँसो होटलको कोठा नम्बर ३ सय ८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।

घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।