काठमाडौं । मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । हाल मौसमको अवस्थामा मधेश प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यका एक/दुइ स्थानमा हुस्सु र कुहिरोको लागेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थय,यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।