महिला स्वास्थ्य । दैनिक जीवनमा यौन सम्पर्क महिलाको तल्लो पेट दुख्ने समस्यालाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार यस्तो समस्या महिलाको लागि धेरै समस्या आउने हुन्छ । त्यस्तैले समय मानै अस्पताल गएर चिकित्सकसँग परामर्स गर्नु पर्छ ।
आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, तल्लो पेटको दुखाइ हो । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउन सक्छ । तर यसको सहि उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ ।हुनत महिनावारी भएको समयमा हल्का पेट दुख्नु सामान्य हो । तर पिसाबमा संक्रमण, पाठेघरको छेउछाउमा हुने संक्रमण हुने दुखाइ निकै घातक हुनसक्छ । यस्तोमा तल्लो पेटको दुखाइले महिलालाई पछि ठुलो समस्या आइलाग्न सक्छ । जसलाई लक्षण अनुसार कारण पहिल्याएर उपचार गर्नु आवश्यक हुन्छ ।
लक्षण
कतिपय महिलालाई महिनावारी गडबडीले तल्लो पेट दुख्ने गर्छ भने कसैलाई योनिबाट रगत जाने कारणले समेत दुख्ने गर्दछ । यसरी तल्लो पेट दुख्नु पाठेघरको टिबी हुनसक्छ । यस्तोमा निम्न लक्षणहरु देखिन सक्छ
खान मन नलाग्ने
तौल कम हुने
थकाइ लाग्ने
अलिकती काम गर्ने बित्तिकै थाक्ने
ज्वरो आउने ।
लामो समय तल्लो पेट दुख्ने
महिनावारीका बेला दुखाई बढ्ने
शारीरिक सम्पर्क राख्दा असामान्य दुख्ने
यस्तो दुखाई हुँदा काम गर्न नसकिने, दिसापिसाब बस्न ग्रँहो हुने, ढाड दुख्ने र योनीबाट तरल पर्दाथ बग्ने समेत हुन सक्छ ।
तल्लो पेट दुख्ने कारण ?
महिनावारी भएको बेला योनीबाहिर रगत आउनुपर्नेमा पाठेघरको दुईतिर भएको ट्युबबाट रगत बग्दा डिम्बाशयमा जम्मा भई तल्लो पेट दुख्ने हुनसक्छ ।
महिनावारी हुदा बाहिर बग्नु पर्ने रगत जमेर बस्छ र त्यो रगत आन्द्रा, नसा र पिसाबथैली माथि पुग्दछ । जो पछि टासिएका कसिदै जान्छ । जो लामो समय हलचल नहुदा हलचल हुनासाथ वा शारीरिक सम्पर्कका बेला दुख्ने गर्दछ । यो पिडा महिनावारीको बेला वा यात्रा गर्दा समेत हुन सक्छ ।
तल्लो पेट दुख्दा के गर्ने उपचार ?
तल्लो पेट दुखाईको उपचार गर्नु अघि तल्लो पेट दुखाइको कारण बुझ्नुपर्ने हुन्छ । यस्तोमा चिकित्सकले महिलाको पाठेघरको हिस्ट्रि बुझेर मात्र उपचार थाल्दछन् । यदि हिस्ट्रिबाट पनि दुखाइको कारण पत्ता लगाउन सकिएन भने चिकित्सकले बिरामीलाई बेहोस पारी ल्याप्रोस्कोपी प्रक्रियामार्फत पाठेघर र भित्ताको जाँच गर्दछन् । यदि डिम्बाशयमा रगत जम्मा भएको रहेछ भने त्यसलाई निकाल्नैपर्छ । वा समस्या अझै बढि भएमा पाठेघरसंगै डिम्बाशय पनि निकाल्नु पर्ने हुन्छ । त्यसैले तल्लो पेटको दुखाईलाई सामान्य नमानि दुखाई शुरु हुनासाथ चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ । एजेन्सी ।