भक्तपुर । आज हरिवोधनी एकादशीको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हरिवोधनी एकादशीको नगरपालिकाको वडा न. ४ मा रहेको मा चाँगुनारायण मन्दिरमा मेला लाग्ने भएका कारण नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै अन्य वर्षहरु जस्तै यस वर्षको हरिवोधनी एकादशी अर्थात् कात्तिक २७ गते मंगलबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्था र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जानकारी दिएको छ ।