आज पानी पर्छ ? मौसमको पूर्वानुमान थाहा पाउनुहोस्

59

काठमाडौं । मौसम विश्लेषण अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । हाल मौसमको अवस्था कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसोː कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीːकोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।