अबको चुनाव माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

10

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले आगामी उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने र जित्ने दावी गरेका छन्। प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लड्न र जित्ने दावी गरे।“म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उनले भने। फरक प्रसङ्गमा उनले बाढीपहिरोजस्ता विपदमा सबै एक हुनुपर्ने बताए। उनले राजनीतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरु एक भएर पुनःनिर्माणमा लाग्नुपर्ने बताए। उनले भने, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ।”