आजको मौसमः कोशी र बागमतीमा प्रदेशमा हुन सक्छ भारी वर्षा

10

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आज कोशी र बागमतीमा प्रदेशमा भारी वर्षा हुन सक्छ अनुमान गरिएको छ । दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।