युवा संघ भक्तपुरको मागः गठ्ठाघर दुर्घटनाका दोषिलाई कारवाही गर

114

भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विहिबार भक्तपुरको गठ्ठाघर दुर्घटनाका दोषिलाई कारवाही गर, सडकलाई व्यवस्थित बनाउन माग गरेको छ । शुक्रबार भक्तपुरको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दिदैं युवासंघले निम्न बुदाँहरु प्रस्तुत गरको छ ।

प्रस्तुत विषयमा देशभक्त, प्रगतिशिल, जनवादी युवाहरुलाई गोलबन्द गर्दै राष्ट्रिय आकांक्षा पुरा गर्न सदैब तत्पर युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल सदैव राष्ट्रियता यता जनजिविका र संविधानको रक्षारर्थ सदैव अग्रमोर्चामा रहदै भक्तपुर जिल्ला कमिटीको उल्लेख्य भूमिका रहदै आइरहेको कुरा सर्वविदितै छ ।

भक्तपुर जिल्ला मध्यपुरथिमी न।पा ३ गठ्ठाघर चोकमा हिजो मितिस् २०८१ श्रावण ३१ गते, दिउँसो पौने २ बजे भएको दुःखद् मानविय सडक दुर्घटना प्रति हाम्रो संगठनको गम्भिर ध्यानकर्षण भएको छ । मृतक आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना अर्पण गर्दै, आत्माको चीरशान्तिको कामना व्यक्त गर्दछौ ।

तसर्थ, उक्त घटना ट्राफिकको सवारी जाँच भइरहेको स्थानमा भएको हुनाले, सिसि टिभीहरु जाडन गर्नुपर्ने, उपयुक्त स्थानहरुमा बसेर ट्राफिक गति चेकजाँच गर्न बस्नुपर्ने, ट्राफिक लाईटहरु मर्मतसंभार गर्नुपर्ने, सडक बत्तिहरु रातको समयमा बाल्नको लागि मर्मत गर्नुपर्ने, सडकमा छाडा पशुचौपायहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने र पैदल यात्री, सबारी साधन र यात्रुको सुरक्षित यात्राको लागि उचित ट्राफिक व्यवस्थापन गर्नुपर्ने, मागहरु जनसमुदायस्तर बाट उठिरहेको छ। सडक दुर्घटनालाई न्युनिकरण गर्नको लागि सम्बन्धित सरोकारवाला निकायहरुको गम्भिर ध्यानकर्षण गर्दछौं। ट्राफिक व्यवस्थापनको चरम लापरवाहीको कारणले नागरिकहरुले अकाल्मै आफ्‌नो ज्यान र धन गुमाउनु परिरहेको छ । यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र छानविन समिति गठन गरी सिसिटिभी फुटेजको आधारमा समेत छानबिन गरी यथाशिघ्घ्र सत्यतथ्य सार्वजनिक गरि लापरवाही गर्ने सवारी चालक उपर कडा कानूनी कारबाही अगाडि बढाई, मृतकको परिवारजनलाई उचित क्षतिपूर्तिको लागि जोगदार माग गर्दछौ ।