२६ वर्ष कान्छो युवकको प्रेममा पर्दा महिलाको गयो ज्यान

74

काठमाडौं । १८ वर्ष अगाडी श्रीमान बितेकी सुशीला मल्ल एक युवकको प्रेममा परेकी थिइन् । उमेर ४९ वर्षकी मल्ल आफुभन्दा २६ वर्ष कान्छो युवक प्रेम मल्लसंग माया प्रेममा थिइन् । नेपाल प्रहरीका अनुसार तीन जना छोराकी आमा सुशिलाका प्रेमी प्रेम भर्खर २३ वर्ष मात्र पुगेका छन् । एकल महिला उनी माताको नामले समेत परिचित थिइन् । साउन २१ गते प्रेम सुशीलालाई भेट्न चौरजहारीबाट लामाचौर पुगेका थिए । सो राति प्रेम सुशीलाकै घरमा बसेको प्रहरीको भनाई छ ।

जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई नम्बर आदानप्रदान भएको थियो । बेलाबेला भेटघाट भइरहने हुँदा उनीहरूको सम्बन्ध अन्य व्यक्तिलाई पनि बिस्तारै थाह हुँदै गयो । रुकुम पश्चिम जिल्ला सानोभेरी गाउँपालिका–४, लामचौरकी सुशीलाको हत्या प्रेमी सोही जिल्ला चौरजहारी नगरपालिका–११ सर्केना बस्ने प्रेमले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धानका खटिएका प्रहरीका अनुसार प्रेम र सुशीला डेढ वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । युवक अविवाहित हुन भने महिला एकल तीन सन्तानकी आमा थिइन् । महिलाको घरमा आउने जाने गर्ने गरेका युवक र मृतक महिलाबीच यौन सम्बन्ध समेत रहने गरेको खुलासा भएको छ । एकल महिला रहेकी महिलाले गाउँटोलमा हल्ला चलेको भन्दै विवाहको प्रस्ताव गरेपछि प्रेमीले नै ती महिलाको हत्या गरेका देखिन्छ, एक प्रहरीले भने । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।