यूकेमा व्यापक हिंसाका घटनाः आपत्कालीन समितिको बैठक

18
photo: REUTERS

बीबीसी । यूकेका विभिन्न शहरहरूमा हिंसात्मक घटनाहरूमाझ सप्ताहन्तमा १५० जना भन्दाबढी मानिसहरूलाई पक्राउ गरिएपछि एउटा आपतकालीन प्रतिक्रिया बैठक बस्न लागेको त्यहाँको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ।
रोदरम नगरमा शरणार्थीहरूलाई राखिएको एउटा होटेलमा भएको आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री

किअर स्टारमरले उक्त घटनामा संलग्नहरूले कानुनको पूर्ण शक्तिको सामना गर्नु पर्ने बताएपछि त्यस्तो बैठक बस्न लागेको हो। आइतबार रोदरम, मिडल्सबर, बोल्टन र यूकेका अन्य शहरहरूमा हिंसात्मक घटनाहरू भएपछि प्रहरीले प्रतिक्रिया जनाउनु परेको थियो। कोब्रा मिटिङ्ग भनेर चिनिने आपत्कालिन प्रकृतिको त्यस्तो बैठक यूकेमा हालैका वर्षहरूमा भएका भन्दा खराब प्रकृतिको दङ्गाहरूपछि बस्दैछ।

ह्वाइटहलमा अवस्थित बैठक कक्षमा को अंग्रेजी नाम क्याबिनेट अफिस ब्रिफिङ रूम एु को छोटकरी रूप कोब्राका आधारमा त्यस्ता आपत्कालिन बैठकलाई सम्बोधन गर्ने गरिएको छ। गत हप्ता साउथपोर्ट नगरमा तीनजना बालिकाहरूको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक दङ्गाहरू हुन थालेका छन्। एक जना आप्रवासीले धेरै जनालाई छुरा प्रहार गरेकोु भनेर चरम दक्षिणपन्थी समूहहरूले अनलाइनका सामाजिक सञ्जालहरूमा गलत हल्ला फैलाएर तनाव भड्काउने प्रयास गरिरहेको भनेर राजनितीकर्मीहरूले बताएका छन्।