आजको मौसमः हुनेछ यी प्रदेशमा भारी वर्षा

44

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल मौसमको अवस्था (Present Weather Status): देशभर साधारणतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

२०८१ साउन ०९ गते (बुधबार)
दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।