संघीय सांसद दुर्लभ थापालाई मातृ शोक

47

भक्तपुर । संघीय सांसद दुर्लभ थापालाई मातृ शोक परेको छ । भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति थापाको आमा अम्बिका थापाको बिहीबार बिहान मध्यपुर अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उपचारको क्रममा सांसद थापाकी आमाको निधन भएको हो । स्वर्गीय थापाको आज नै आर्यघाटमा दाह संस्कारका गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।