Sunday, September 27, 2026
Home पत्रपत्रिका चीनले बस्ती लियो, नेपालले भिर पायो

चीनले बस्ती लियो, नेपालले भिर पायो

389

असार १०,
काठमाडौं । सीमा सन्धिअनुसार सन् १९६१ मा नेपाल–चीन सीमांकन भयो। त्यसमा केही जमिन लेनदेन गरियो। ‘असल छिमेकी’ भन्दै चीनले सट्टामा नेपाललाई ३०२.७५ वर्गकिलोमिटर बढ्ता जमिन दियो। तर, सीमा र भूगोलविद्हरू भन्छन्, ‘नेपालले प्राप्त गरेका भूभाग पहाडी, चट्टान, हिँउले ढाकेको भाग, बन्जर थिए। ती कुनै काममा उपयोगमा छैनन्। जब कि नेपालका तर्फका चीनले राम्रा बस्ती, खर्क, चरिचरन, धार्मिक एवं पुरातात्विक महत्वका स्थल प्राप्त गरेको थियो।’

समानता, आपसी हित, मित्रता तथा सदभावलगायत १२ सिद्धान्तका आधारमा नेपाल–चीन सीमांकन गरिएको थियो। भोगचलन, लेनदेन, इलाका सुम्पने विज्ञानका आधारमा त्यसमा केही भाग सट्टापट्टा गरिएको थियो। सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार हुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा गरी २ हजार १३९ वर्गकिलोमिटर चीनबाट नेपालतर्फ भूमि आएको थियो। दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, गोरखा, रसुवा, सिन्धुपालचोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका गरी १ हजार ८ सय ३६ दशमलव २५ वर्गकिलोमिटर नेपाली भूभाग चीनतर्फ गएको थियो।

श्रेष्ठको ‘नेपालको सीमा’ पुस्तकका अनुसार नक्सामा अंकित समान रेखालाई मान्ने, त्यस्तो समान रेखा नभएकामा अधिकारको स्थितिालाई कायम गर्ने, दुवै नभएको अवस्थामा संयुक्त सर्भेक्षण दल पठाउने सिंद्धान्त अपनाइएको थियो। पानी ढलो, प्राकृतिक वस्तु, बीच नदी, भोगचलन, लेनदेन जस्ता सिद्धान्त यसमा अपनाइएको थियो। अर्को पक्षतिर परेको इलाका सुम्पने, सुम्पिएको जमिनको बासिन्दाले नागरिकता रोज्न पाउने, बसाइ सरेको बासिन्दाले अचल सम्पत्ति बेच्नु पर्ने, समानता, आपसी हित, मित्रता तथा आपसी सदभावको सिद्धान्त अपनाइएको थियो।

आजको अन्नपूर्ण पोष्ट लेख्छ, संखुवासभाको किमाथाङका पारीको नादाङ गाउँ, सोलुखुम्बुको नाङपा भन्ज्याङ, डोल्पाको सानाला भन्ज्याङ र अर्को एउटा भन्ज्याङ, बझाङको खोजर नाथ (टिंकरपारीको गाउँ), गोरखाको लार्के बजार, रसुवाको केरुङ, कोदारीलगायत नेपाली गाउँ चीनतिर परेका थिए। ती गाउँमा अझै पनि नेपाली भाषा पनि बोलिन्छ।