आस्था महिला विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न

25

भक्तपुर। भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा भएको उक्त शिविरबाट ३८ जना लाभान्वित भएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिइन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच, रोकथाम तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण परामर्श तथा उपचार सेवा निःशुल्क प्रदान गरिएको देउजाले जानकारी दिइन् । त्यस्तै, शिविरमा निःशुल्क आँखा जाँच र सुगर परीक्षणसमेत गरिएको उनले बताइन् ।

शिविरमा उपचार गरिएका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको प्रधानाध्यापक देउजाले बताइन् । ईसीजी, ईको, यूएसजी, एक्सरे लगायतका सेवामा भने २० प्रतिशत छुट दिइएको उनले बताइन् । शिविरमा वृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिएको देउजाले जानकारी दिइन् ।