पटक-पटक बनेकाहरूलाई मन्त्री दिनु हुदैंन

30

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिनु नहुने बताएका छन् । यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए ।

उनले पार्टीभित्र भाग पुर्‍याउने नाममा पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक-पटक मन्त्री भएकाहरूलाई यसपटक विश्राम दिनुपर्छ, घरमै राखे हुन्छ।’ प्रचण्डले धेरै चकचक गरेकोले एमाले र कांग्रेस सरकारमा सँगै बस्ने अवस्था आएको थापाको भनाइ छ।