बक्तृत्वकला प्रतियोगिता सम्पन्नः गोल्डेन सुनभागा प्रथम

39

भक्तपुर । भक्तपुरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । चाँगुनारायण खरिपाटीमा रहेको क्वालिटी स्कुलको संरक्षण रहेको क्वालिटी युथ नेटवर्कले विभिन्न विद्यालयको विद्यार्थी सम्मिलित प्रतियोगिता सम्पन्न गरेको हो । कोटेश्वरस्थित कान्जिरोवा माविको हलमा सम्पन्न कार्यक्रममा दुवाकोटमा रहेको गोल्डेन सुनगामा स्कुलकी सम्पन्ना तामाङ प्रथम भएकी छिन् ।

प्रतियोगीतामा ग्लोवल एकेडेमीका शैलेश केसी द्धितिय, दिव्य दिप ज्योतीका तेजश्वी थापा तृतिय र, ग्लोरी स्कूलकी पुनम गिरीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा सहभागी तथा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गर्दै एमनेष्टी इन्टरनेशनल नेपालका निर्वतमान अध्यक्ष विक्रम धुकुछु, केन्द्रिय सदस्य मंन्जु विश्वकर्माले मानव अधिकारको वर्तमान अवस्था र लैङ्गिकताका विषयमा आफ्नो धारणा राखेका थिए ।

नेटवर्कका संरक्षक तया विद्यालयका प्रिन्सिपल जीबी खड्काले विद्यार्थीहरुलाई सानै उमेर देखि मानव अधिकार विषयमा जानकारी दिई भविष्यमा कसैको मानव अधिकार हननकर्ता बन्न नपरोस भन्ने उद्देश्यले ८ वर्ष अगाडी क्वालिटी युथ नेटवर्कको गठन गरिएको जानकारी दिए ।
नेटवर्कका सचिव प्रविता लागिहानेले संचालन गरेको कार्यक्रममा अध्यक्ष रोशनी खड्काले धन्यवाद मन्तव्य दिएकी थिइन ।