ट्र्याक्टर दुर्घटना : बालकको मृत्यु

28

काठमाडौं : गुल्मीमा ट्र्याक्टर दुर्घटनामा बालकको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। दुर्घटनामा सवार मालिका गाउँपालिका-२ दर्लिका टिकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए। बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा–४ रायढुङ्गा स्थित तम्घास-सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो। घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा लगिएको डीएसपी पोखरेलले जानकारी दिए।