आज बिहान ९ बजे एसईईको नतिजा आउने, यसरी हेर्नुहोस्

24

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान ९ बजे सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नुअघि बिहान ७ बजे बोर्डको बैठक बस्नेछ । नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।