भक्तपुर नगरपालिकाको बजेट २ अर्ब ६६ करोड

43

भक्तपुर । भक्तपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षकालागि रु.२ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो¥हौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८१/०८२ को अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । भक्तपुर नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटीसमेत गरी आ.व. २०८१।८२ को लागि रु. २ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गर्नु भएको हो ।

विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैया अर्थात् ५८.९३ प्रतिशत र पु“जीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया अर्थात् ३७.३० प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन गरेको छ ।

बजेट वक्तव्यमा शिक्षा क्षेत्रको लागि ५४ करोड, स्वास्थ्य क्षेत्रको लागि १३ करोड ३० लाख, सम्पदा पुनःनिर्माण र सा“स्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख, कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रबद्र्धनमा ६ करोड ९५ लाख, भौतिक पूर्वाधारतर्पm ५७ करोड २१ लाख, खेलकुद तर्पm ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्पm ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षा तर्पm ख्वप विश्वविद्यालय तयारी समितिका लागि विज्ञहरुको टोली गठन गरी प्रकृया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ भने ख्वप इन्जिनियरिङ कलेजको बी ब्लकको नया“ भवन निर्माणका लागि आगामी वर्ष ५ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड बजेटको व्यवस्था गरिएको छ । शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन रु. २ करोड रुपैया बजेटमा विनियोजन गरेको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउ“दै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।
स्वास्थ्यतर्पm ख्वप अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सीटी स्क्यान खरिदको लागि चालु आ.व.मा विनियोजित रकमका अतिरिक्त रु. ५ करोड बजेट व्यवस्था गरेको छ । भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र र भनपा वडा नं. ७ स्थित ख“चा पोखरी स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी संचालनमा ल्याउन रु. १ करोड ५० लाख रकम विनियोजन विनियोजन गरेको छ भने १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गर्न आवश्यक बजेट छुट्याइएको छ ।

सम्पदा र संस्कृति संरक्षणतर्फ भनपा वडा नं. ३ स्थित र लाय्कु पाहा“ छे“ मौलिक शैलीमा पुनःनिर्माणका लागि ३ करोड ९० लाख र इन्द्रायणी द्यो छे“को लागि ८० लाख, वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिरको लागि ८० लाख, हाडा छे“को लागि ६० लाख र वडा नं. ६ मा रहेको छुमा गणेश द्यो छे“को लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
कृषि क्षेत्रतर्पm कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि वडा नं. ८ लिवालीमा शीत भण्डारका लागि ३ करोड १० लाख र वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्नको लागि ३० लाख र किसान, मजदुर, डकर्मी, सिकर्मीलगायतका पेशाकर्मीहरुको सूचिकरण गरी परिचय पत्र वितरणको व्यवस्था गर्ने तथा कृषि ऋणको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन प्रवद्र्धनतर्पm आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय सा“स्कृतिक अग्रजहरु, पर्यटन व्यवसायीहरु, स्थानीय उत्पादनकर्ताहरु तथा सरोकारवालाहरुको उपस्थितिमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा सञ्चालन गर्न तथा निश्चित ठाउँमा नियमित साँस्कृतिक प्रदर्शनी गर्ने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वातावरण सुधार तथा फोहोरमैला व्यवस्थानतर्पm १ करोड ३५ लाख र हनुमन्ते खोला तथा खासाङखुसुङ खोला सुधार तथा खोलामा रिटेनिङ वाल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन रु.१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार निर्माणतर्पm नगरको गौरवको योजनाको रुपमा रहेको भनपा वडा नं ६ स्थित देकोचामा निर्माणाधीन अरनिको सभाभवन निर्माणको लागि आगामी आ.व.को लागि १८ करोड, वडा नं ७ मा रहेको महेश्वरी खेल मैदानलाई स्तरिकृत गर्न तथा वडा नं. २ मा रहेको शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी भनपा वडा नं. ५ मा व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याउन र नगरका विभिन्न ठाउ“मा पार्किङको व्यवस्था गर्न रु. १ करोड, भनपाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाका बा“की भौतिक संरचना निर्माणलाई तीव्रता दिन तथा जग्गा धनी र मोहीहरूको जग्गा फिर्ता लगायतका जग्गा प्रशासनका कार्यहरु अगाडि बढाउन १८ करोड र ख्वप टेलिभिजन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माणका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ ।

जेष्ठ नागरिकहरुको सेवाको निम्ति वडा नं. ६ मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसहितका लागि रु. ५० लाख विनियोजन गरिएको छ । विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि रु. ३० लाख र नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि ५ करोड र जग्गा तथा घरभाडाका लागि ५५ लाख बजेट विनियोजन गरेको छ । नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८१”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८१” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले उक्त दुबै विधेयकहरु छलफलको लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।