भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा सुरु

14

भक्तपुर । भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा सुरु भएको छ । नगरसभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको स“धै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गर्नुभयो

सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । भक्तपुर नपाले संविधान र कानुनले दिएका अधिकारभित्र रही भक्तपुर बासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको चर्चा गर्दै उहाँले स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने भावनाअनुरुप काम गर्दै आएको र निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन

एक एक गरी पूरा गर्ने चरणमा रहेको बताउनुभयो । प्रमुख प्रजापतिले संविधानको भावना र मर्मविपरीत स्थानीय तहलाई
कानुन प्रदत्त अधिकार समेत सब्घ र प्रदेश सरकारहरूले एक एक गरी अपहरण गर्ने कोशिस गर्दै आइरहेको बताउँदै यो संघ र प्रदेश सरकार सञ्चालनगर्नेहरूमा एकात्मक सोच हुनुको परिणाम हो भन्नुभयो ।

संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरेर सब्घले छुट्टै कार्य गर्नु र संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय स्थापनाको प्रावधान राख्नु यसको उदाहरण भएको प्रष्ट पार्दै प्रमुख प्रजापतिले सब्घ र प्रदेशले लामो समयसम्म संविधानमा रहेका साझा सूचीका
अधिकारहरूबारे आवश्यक कानुनहरूको निर्माण नगर्नु, पुरानै ऐनहरू प्रचलनमा रहनुले पनि देशभरका स्थानीय तहहरूले समस्या भोग्दै आएको
बताउनुभयो ।

स्थानीय तहले राम्रोसँग काम गर्ने हो भने त्यसलाई आवश्यक कर्मचारीको बन्दोबस्त गर्ने अधिकार हुनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले संविधान संशोधन गरेरै भए पनि स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन सब्घ र प्रदेश सभाका माननीयज्यूहरूको ध्यानाकर्षण गर्नुभयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरीयुवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै उहाँलेनगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताउनुभयो । नगरको शान्तिसुरक्षा अझ प्रभावकारी बनाउन नगरप्रहरीको व्यवस्थागर्दैआएको बताउँदै उहाँले नगरपालिकाको कर संकलन, नक्सा पास, आर्थिक र प्रशासनिक व्यवस्थामा समेट सफ्टवेयर प्रयोग गरी प्रविधिमैत्री सेवा प्रवाहको व्यवस्थाको लागि तयारी भइरहेको अवगत गराउनुभयो ।

नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीयअधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियोभने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि सांसद सुवालले भक्तपुर नगरभित्रमापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएकालाई सम्मान गर्नुभएको थियो ।