छोरी मारिएको खबर सुनाउन काठमाडौं आएकी ललिता

22

पढाउन भनेर डेरामा राखेकी छोरीको हत्या भएपछि ललिता थारूका आँखा ओभाउन सकेका छैनन्। ४० वर्षीया ललिताका आँखाबाट हमेसा छोरीको पीडाका आँसु बगिरहन्छन्। तिनै आँसुले न्यायका पुकारा गरिरहन्छन्। अन्तिमपल्ट देखेको छोरीको दृश्यले उनी शोकाकुल छिन्। छोरीको वीभत्स हत्या भएको दृश्यले उनलाई निदाउन दिएको छैन।आफ्नो पीडा सुनाउन ललिता विभिन्न सरकारी निकाय धाइरहेकी छन्। बाँकेको जिल्ला प्रहरी कार्यालय धाउँदा धाउँदै एक वर्ष बित्यो। कसैले उनको पीडा सुनेन। यसपछि उनी आफ्नी छोरी मारिएको खबर सुनाउन काठमाडौं आएकी छन्। उनी काठमाडौं आएको आइतबार सात दिन पुग्यो। यहाँ पनि यतिञ्जेलसम्म उनको पीडा सुन्न कोही आएको छैन। पीडा सुन्न को आउने हो, न्याय कसले दिने हो, ललितालाई थाहा पनि छैन। माइतीघर मण्डलमा बलिन्द्रधारा आँसु बगाएपछि नजिकैको सिंहदरबारले सुन्ला कि भन्ने आशामा छिन् उनी। छोरीको तस्बिर घाँटीमा झुन्ड्याएर शुक्रबार उनी सडकमा धर्ना बसिरहेकी थिइन्। केही तस्बिर सडकमा फिँजाइएका थिए। उनी एक तमासले सुँक्सुकाइरहेकी थिइन्।उनको जीवनमा आइपरेको यो दुर्घटना एक वर्षअगाडिऽ अर्थात् २०८० वैशाख २८ गतेको हो।
उनकी २२ वर्षीया छोरी सुमदरानी थारू नेपालगन्जमा डेरा बसेर पढिरहेकी थिइन्। पाँच दिनको बिदामा घर आएकी छोरीलाई ललिताले वैशाख २७ गते डेरामै पुर्‍याइन्। आफू घर फर्किइन्।उनको घर बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा पर्छ। छोराछोरीलाई पढाउन नेपालगन्ज–९ श्रद्धानगरस्थित सन्तोष सारू मगरको घरमा डेरा खोजेकी थिइन्।

उनका १९ वर्षीय छोरा निरेन थारू मोर्डन पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थे। छोरी सुमदरानी भेरी प्राविधिक विद्यालय नेपालगन्जमा कम्प्युटर सम्बन्धी डिप्लोमा कोर्ष पढिरहेकी थिइन्। त्यो सँगसँगै सुमदरानी स्नातक चौथो वर्षमा पनि पढिरहेकी थिइन्। प्राविधिक शिक्षाले मात्र नपुग्ने भनेर उनले स्नातकतर्फ पनि पाइला चालिरहेकी थिइन्। छोराको कक्षा ११ को परीक्षा सकेर आएकाले वैशाख २७ गते छोरी मात्रै फर्किएकी थिई,’ उनले भनिन्, ‘डेरामा पुर्‍याउन म आफै गएकी थिएँ।’त्यस दिन उनी दिउँसो छोरीलाई छोडेर साँझ फर्किएकी थिइन्। साँझ सुमदरानीसँग कुराकानी भएको भएको थियो। सुमदरानी बिहान कलेजबाट फर्किएपछि दिनहुँ ललितालाई फोन गर्थिन्। एक्ली छोरी सुमदरानी ललिताकी साथीजस्तो थिइन्। हरेक कुरामा आमालाई सघाउँथिन्। सरसल्लाह पनि दिन्थिन्। वैशाख २८ गते भने सुमदरानीले फोन गरिनन्। दिउँसो ११/१२ बजेसम्म पनि छोरीले फोन नगरेपछि ललिताले धेरैपटक सम्पर्क गर्ने कोसिस गरिन्। छोरीको फोन उठेन।ोरीले फोन नगरेकोबारे दिउँसै श्रीमान (सेक्सन थारू) लाई पनि सुनाएकी थिइन्। श्रीमानले कलेजको काममा व्यस्त भएकाले नगरेको होला भनेर धेरै पीर नलिन भने।