वेभसिरिज कुटुम्ब सुरु, भिडियो हेनुहोस्

36

काठमाडौं । नयाँ सामाजिक वेभसिरिज कुटुम्ब सुरु भएको छ । एक्सन फिल्मसले निर्माण गरेको उक्त सिरिजको पहिलो अंक शनिबार सार्वजनिक भएको हो । युट्युब च्यानल ‘कुटुम्ब अफिसियल’बाट सार्वजनिक भएको उक्त सिरिज हरेक शनिबार साँझ साढे पाँच बजे प्रिमियर हुनेछ । सिरिजको निर्देशन युवराज खत्रीले गरेका हुन् । उक्त वेभसिरिजमा कलाकारहरु आयुव केसी, सरिता भण्डारी, रोहित कार्की, राजु भुजेल, घनश्याम तिमल्सिना, मौसम खड्का, स्मारिका खनाल, यशु भट्टराई, मिना जिसी, युवराज खत्री, टेक अधिकारी, अनिशा पराजुली र सुष्मा केसीको अभिनय छ । उक्त सामाजिक सिरिजलाई पीएस खतिवडाले लेखेका हुन् ।

टेक अधिकारी, सरिता भण्डारी र मुक्ति उप्रेती निर्माता रहेको कुटुम्बको सुजन श्रेष्ठले छायाङ्कन गरेका हुन् । सिरिजको सह–निर्देशन नविन गिरीले गरेका हुन् भने व्यवस्थापन घनश्याम तिमल्सिनाले गरेका छन् ।