विश्वकप क्रिकेटः भोली बिहान नेपाल र बाङ्ग्लादेशबीच खेल हुदैं

44

काठमाडौं । विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजय भुल्न सकेका छैनन्। तर त्यो पीडामा रुमल्लिइरहने समय भने खेलाडीहरूसँग छैन।

नेपाली समयअनुसार सोमवार बिहान सवा पाँच बजे बाङ्ग्लादेशसँग अर्को खेलको लागि नेपाली टोली तयार हुनुछ।
अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रबाट पाइरहेको प्रशंसा र हारको पीडाबीचमा रहेका खेलाडीहरू मानसिक रूपमा थकित देखिएका छन्। जसकै कारण उनीहरू आइतबारको नियमित अभ्यासमा सहभागी भएनन्।

आईसीसीको तालिका अनुसार नेपालको अभ्यास आर्नोस भाले रङ्गशालामा दिउँसो एक बजे देखि चार बजेसम्म थियो।
तर बाङ्ग्लादेशसँगको खेलमा नेपाललाई गुमाउनु केही छैन। नेपाली क्रिकेट कप्तान रोहित पौडेलले भनेजस्तै सो खेल प्रतिष्ठाुकालागि हुनेछ। घर फर्किनु अगाडि अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा एउटा छाप छाड्नेगरी स्मरणीय खेल पस्किनु हुनेछ। BBC