मोदीले स्वदेश र विदेशबाट खेप्नुपर्ने छ विभिन्न चुनौती

14
photo: REUTERS

बीबीसी नेपाली न्यूज । नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टी भाजपाले संसदीय निर्वाचनमा आफ्नो गठबन्धनले अत्यधिक बहुमत ल्याउने अपेक्षा गरेका थिए। तर परिणाम तदनुरूप आएन।

भाजपा एक्लैको बहुमत पुगेन। त्यसैले भाजपाले पहिलाभन्दा गठबन्धनका साझेदार दलहरूलाई अझ महत्त्व दिनुपर्ने देखिएको छ। मोदी तेस्रो पटक प्रधामन्त्री बन्दा त्यसबाट विश्वमञ्चमा कस्तो प्रभाव पर्ला भन्ने चासो सुरु भएको छ। यूकेस्थित सार्वजनिक नीतिसम्बन्धी थिङ्कट्याङ्क ुच्याटम हाउसुका दक्षिण एशियासम्बन्धी वरिष्ठ अनुसन्धाता क्षितिज बाजपेयी भन्छन्,“मोदी बलियो वा कमजोर जस्तोसुकै जनादेशबाट आए पनि भारतलाई लगानीको आकर्षक गन्तव्य बनाउने जस्ता केही महत्त्वपूर्ण विदेशनीतिमा आफ्नो प्राथमिकतामा उनले कुनै परिवर्तन गर्दैनन्।”

मोदी नेतृत्वको भाजपाको चुनावी घोषणापत्रमा भारतलाई विश्वकै उत्पादनको केन्द्र बनाउने उल्लेख छ। बाजपेयी अबको पाँच वर्ष मोदी फेरी प्रधानमन्त्रीको आसनमा बस्दा यससम्बन्धी कामहरू थप अघि बढ्ने ठान्छन्। तर, भाजपाको जितले पश्चिमा विश्वमा भने आशा र सावधानी दुवै उत्पन्न भएको छ।


धर्म र दक्षिणपन्थी राजनीति

कतिपयले मोदीको अबको विदेशनीति अझ महत्त्वाकाङ्क्षी हुने र र हिन्दूत्वको मान्यताको सेरोफेरोमा रहने आकलन गरेका छन्। मोदीलाई हिन्दू धर्मको दक्षिणपन्थी मान्यतालाई प्रवर्धन गरेको रोप लाग्ने गरेको छ। तर वाशिङ्टनस्थित थिङ्कट्याङ्क कार्नगी इन्डाउमन्ट फर इन्टर्न्याश्नल पीसुका दक्षिण एशिया परियोजना निर्देशक मिलन वैष्णव भने यसमा विमति जनाउँछन्।

मोदी नेतृत्वको गठबन्धनको तेस्रो कार्यकालमा विदेशनीतिमा उल्लेख्य परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन। हामीले देखिरहेको भूराजनीतिक परिवर्तन संरचनागत छ र त्यसले भारतलाई आफ्नो शक्ति देखाउने मौका दिएको छ,” उनी भन्छन्। अमेरिकाको घट्दो प्रभाव, चीनको विस्तार र रुसको आफ्नो गुमेका क्षेत्र फिर्ता ल्याउने प्रयत्नले भारतलाई विश्वमञ्चको केन्द्रमा कायम राखिरहन्छ।

प्रजातन्त्रको चिन्ता

मोदीको नेतृत्वमा भारत एउटा महत्त्वपूर्ण आर्थिक र भूराजनीतिक शक्तिका रूपमा भएको उदाएको अस्वीकार गर्न सक्दैन।
विश्लेषकहरू चीनका लागि तगारो बन्न अमेरिकासँग जारी भारतको साझेदारी मोदीको आगामी पाँचवर्षे कार्यकालमा अझै बलियो हुने बताउँछन्।

द्यपि आफ्नै देशमा प्रजातान्त्रिक अभ्यासहरूमाथि हुने दमनका आरोपका कारण भारतको प्रगति कहिलेकाहीँ छायामा पर्ने गरेको छ।