मध्यपुर थिमिमा वः फेस्टिभल हुने

54

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेवारी परम्परागत परिकार वः फेस्टिभल हुने भएको छ ।
जेठ २६ गते शनिबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म नगदेशमा वः फेस्टिभल हुने मध्यपुर पर्यटन विकास समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिनु भएको छ । मध्यपुर पर्यटन विकास समितिले नेवार समुदायको पर्व सिठिनखः पर्वको अवसरमा मध्यपुर थिमिको नगदेशमा वः फेस्टिभल तथा ग्रिन भेजिटेबल एक्पो हुने छ ।

मध्यपुर थिमिमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले दोस्रो वः फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक पर्यटन विकास समितिले जानकारी दिएको छ ।

वः नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कार तथा विभिन्न शुभकार्यमा आवश्यक एक प्रकारको खानाको परिकार हो । फेस्टिभलमा वः अर्थात् बारासहितको १८ वटा खानाको स्टल र सातवटा नगदेशमा उत्पादित तरकारी तथा कोरियन खाना किम्चीलगायत परम्परागत उत्पादन र हस्तकलाका स्टलहरु रहेन प्रजापतिले जानकारी दिनु भएको छ ।