कविताः ढोलेहरू यहाँँ

144

-विदुर प्रसाद तिमल्सिना

छानामा गई कराउने ढोलेहरू यहाँ
भीडमा मिसिएर बोल्ने झोलेहरू यहाँ ।

पालिए सबै मालिक छैन हड्डी भन्दै
कलम बेची दासता बोक्ने टोलेहरू यहाँ ।

तानेर पर्दा हेरेमा देखिने कर्तुत पूरै
हरिन्छ दाना सबै भन्ने नोलेहरू यहाँ ।

विद्वान बिक्छ रसको तालमा अचम्म
छोड्छन् आफ्नै परिधान चोलेहरू यहाँ ।

प्रसाद प्राप्त भयो नि भोलेको शङ्करको
अधुनाजस्ता देखिने प्राच्य खोलेहरू यहाँ ।

-चाँगुनारायण-८, भक्तपुर