कृषि तथा पशुपन्छीतर्फ सबैभन्दा बढी सहुलियतपूर्ण कर्जा

46

काठमाडौँ : नेपाल राष्ट्र बैंकले गतवर्ष सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी कृषि तथा पशुपन्छीतर्फ प्रदान गरेको छ। राष्ट्र बैंकले २०८० फागुनसम्म व्यावसायिक कृषि तथा पशुपन्छीतर्फ १ खर्ब ७७ करोड रुपैयाँ कर्जा लगानीमा रहेको जनाएको छ। त्यसपछि महिला उद्यमशील कर्जा अन्तर्गत महिला उद्यमीलाई ४६ अर्ब ४८ करोड कर्जा दिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जाका २०७९ असारसम्म ६० हजार ५४५ जना ऋणी रहेकोमा २०८० असारमा ६० हजार ३५० जना पुगेका थिए। ऋणीको संख्या घटेर गत फागुनसम्म ५१ हजार ४०५ जनामा झरेको छ।राष्ट्रबैंकको लगानीमा रहेको कर्जा २०७९ असारमा १ खर्ब ३९ अर्ब २३ करोड रुपैयाँ रहेकोमा २०८० असारमा १३ खर्ब ५७ अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो। यस्तो कर्जा गत फागुनसम्म १० खर्ब ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।