आज कांग्रेस संसदीय दलको बैठक बस्दै

14

काठमाडौ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।