एमाले भक्तपुर जिल्ला अधिबेशन जेठमा

88

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ ।
एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ ।

“अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ,” अध्यक्ष देउजाले भने ।
अहिले जिल्लाका सबै वडा र नगर कमिटीहरुलाई सदस्यता नवीकरण गर्न ताकेता गरिएको र कतिपयले सदस्यले भने नवीकरण गरिसकेको देउजाले जानकारी दिए ।

संगठित सदस्य नवीकरणको अन्तिम म्याद चैत ३० गते आज सम्म मात्रै रहेको छ । भक्तपुरमा एमालेको ७ हजार ५ सय भन्दा बढी पार्टी संगठित सदस्यहरु रहेका छन् ।

नवौं जिल्ला अधिबेशनबाट एमालेको नयाँ जिल्ला कार्य समिति समेत चयन हुनेछ ।