भक्तपुर, चैत २५ । अन्तर्राष्ट्रिय पदक पाउन सफल सुर्यविनायक वडा ९ भातेढिकुर भक्तपुरमा रहेको मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा “सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम-२०८०” करिब ६१७ अभिभावकहरुको उपस्थितिमा चैत्र २४ गते भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम-२०८० मा नगर प्रमुख थापाले सुर्यविनायक नगरको विकास निर्माण सँगसँगै शिक्षालाई पनि अब विशेष प्राथमिकता राखेको बताउदै मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विविध उत्कृष्ट कार्यक्रमहरु गर्दै आएकोमा प्रशंसा गरे ।
विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी ६७ जनालाई सम्मान पत्र वितरण र एसएलसी २०७० व्याचको विदूर कार्कीलाई सशस्त्र प्रहरी अधिकृत भएकोमा “पूर्व विद्यार्थी सम्मान” नगर प्रमुख थापाले गरेका थिए । साथै पूर्व विद्यार्थी विदूर कार्कीले रचना गरेको र कक्षा ८ का विद्यार्थीहरुको स्वर रहेको स्कुल गीत पनि विमोचन गरिएको थियो ।कार्यक्रममा सूर्यविनायक वडा ९ का अध्यक्ष भगवान खत्रीले प्रि स्कुलबाट कक्षा १ मा स्तरोन्नति हुने ६७ जना विद्यार्थीहरुलाई दिक्षित गरेका थिए।
अध्यक्ष खत्रीले आफ्नो वडामा रहेको मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको लागि नयाँनयाँ कार्यक्रम ल्याएकोमा खुशि व्यक्त गर्दै अभिभावकहरुले आफ्नो बालबालिका घरमा के गर्दै छन् र मोवाइलमा केके हेरिरहेका छन् भन्ने कुरा ख्याल गर्नु पर्ने बताए ।
उक्त कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले मदरल्याण्ड स्कुलको गतिविधि एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि गरेका फरक क्रियाकलापले भविष्य निर्माणमा टेवा पुराएको भन्दै मदरल्याण्ड स्कुलको प्रगतिमा २० औँ वर्षदेखि योगदान पुराउने सबैलाई सम्झदै आभार प्रकट गरेका थिए । २०८३ सम्म सुर्यविनायक नगरपालिका बाल मैत्री बनाउने लक्ष्य लिएको बताए । कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, सुर्यविनायक नगर शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवाल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा.कृष्ण प्रसाद ग्वाछा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, जगाति प्रहरी वृत्तका निरिक्षक रमेश थापा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिवकृष्ण कवां, सचिव कुमार थापमगर, ईप्सन र प्याव्सन भक्तपुरका सचिव विजय कर्माचार्य, जिल्ला खेलकूद समितिका नि.अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए ।
खड्काले शैक्षिकमा मात्र हैन हरेक विधामा विद्यार्थीहरुलाई सहभागी गराउनु पर्ने तर्क राख्दै विद्यालयमा स्कुल हेल्थ नर्स राखी नर्सिगं कक्षा बनाइएको, विद्यालयलाई प्रविधिसँग जोडिएको, २०८१ बाट व्यवस्थित विज्ञान र गणित प्रयोगशाला बनाइने र कक्षा १ देखि ७ सम्म संस्कृत भाषाको पनि सिकाई गरिने बताए ।