Monday, October 19, 2026
Home समाचार पूर्वराजा शाह जुम्लामा, नागरिक अभिनन्दन लिने

पूर्वराजा शाह जुम्लामा, नागरिक अभिनन्दन लिने

76

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। उनलाई राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीसहित राजाका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्। एकदिनको जुम्ला बसाईको क्रममा पूर्वराजा ज्ञानेन्द्रले चन्दननाथ मन्दिरकोसमेत दर्शन गर्ने कार्यक्रम रहेको छ। जुम्ला भ्रमणको चाँजोपाँजो राप्रपा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले गरेका हुन्। जुम्लासहित कर्णाली प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी पूर्वराजा ज्ञानेन्द्र परिवार वैशाख २ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। पूर्वराजा ज्ञानेन्द्र परिवारको नयाँ वर्ष २०८१ नेपालगन्जमा मनाउने कार्यक्रम रहेको बताइएको छ।