भक्तपुर । सुर्यबिनायक नगरपालिका ३ बालकोटस्थित जुरिच किण्डर गार्डेनको ग्रार्जुएसन तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम, योगा र जुम्माको उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सो अवसरमा उत्कृष्ट शिक्षक तथा शैक्षिक र अतिरीक्त कृयाकलापमा उत्कृष्ट बिद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार जगत आलोचक मात्र नभई रचनात्मक बन्नुपर्ने बताए । जुरिच किण्डर गार्डेनको ग्रार्जुएसन तथा अभिभावक दिवसमा बोल्दै अध्यक्ष बस्नेतले भने पत्रकारले देश र समाजमा भएका असल अभ्यासहरुलाई उजागर गर्नु पर्दछ ।
देशमा आधारभुत तहदेखि कक्षा १२ सम्मको शिक्षा दिने संस्थाहरुले उत्कृष्ट शिक्षा दिए पनि १२ कक्षा पछि युवाहरु बिदेशिने कारण खोज्नुपर्ने बेला आएको बताए । बिद्यमान शिक्षा नीतिमा सुधार गरी युवा बिद्यार्थीलाई देशमै टिकाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।
जुरिचका प्रिन्सीपल अमृत राउतले बिद्यालय ब्यवस्थपान समुदायमा बिद्यालय प्रतिको भरोसा बढाउनका साथै शैक्षिक र समाजिक कार्यमा समेत सकृय रहेको बताए । शिक्षासंगै बालबालिको हेरचार र अन्य गतिविधिमा विद्यालय सदैव सक्रिय रहेको राउतको भनाई छ ।
कार्यक्रममा पत्रकार महसंघका केन्द्रीय सचिब गोबिन्द चौलागाई ,एसओएस हर्मन माईनर बिद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद गौतम,ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष मिना कार्की लगायते बिद्यालयले बालबालिकाको मनोबिज्ञानलाई बुझेर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।
कार्यक्रममा पुर्व संघीय सांसद केदार संजेल, शंकर स्कुलका प्रिन्सीपल शरण चौलागाईं र पत्रकारहरु पुष्करराज बुढाथोकी,रमेश गिरी, मकर श्रेष्ठलगायत समाजका अगुवा र अभिभावाकको सहभागिता रहेको थियो ।
तस्विरमा हेरौं