काठमाडौं । आज संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभार सबन्धी पत्रको ब्यहोरा जानकारी गराउने छन ।
अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार पहिलो संसोधन विधेयक-२०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।