आज प्रतिनिधि सभाको बैठक बस्ने

23

काठमाडौँ । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०० पेस गर्ने कार्यक्रम रहेको छ ।