बैतडी प्रहरीलाई ठुलो सफलताः करिब ३० लाख मुल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा

222

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छलीको लाखौं मुल्य सहित जीप र ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार मंगलबार जीप र बुधबार सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरी नायव उपरीक्षक गिरीले भन्नुभयो “महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थलगायतका किराना सामान ग्रामिण सडक हुदै जिल्ला भित्रिदैं छ भन्ने सूचनाका आधारमा हामीले नियन्त्रणमा लिएका हौं । ”ल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरी

मंगलबार राती जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ७ खोचलेक स्थित दार्चुला रोड हुदै बैतडी सतबाँज तर्फ आउदै गरेको से. १ ज ७१८ नम्बरको बलेरो जिपलाई प्रहरी चेकजाँच गर्न रोक्यो ।उक्त चेकजाँचको क्रममा बलेरो जीपभित्र भन्सार छलेर भारतबाट भित्राईएका बिडी र चप्पल लगायतका सामानहरु फेला परेको डीएसपी गिरीले जानकारी दिनु भएको छ ।
भन्सार छलिको सामान सहित जीपका चालक बझाङ बुंगल नगरपलिका वडा नं. ११ पातल बस्ने बर्ष ३४ को बिर बहादुर बोहरा सह चालक बर्ष २४ को पुष्कर बहादुर बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उक्त जीपमा करिब दश लाख सन्तावन्न हजार चार सय रुपैंया बराबरको भन्सार छलेर ल्याइएकोे सामाग्री रहेको प्रहरीको भनाई छ ।

नियन्त्रणमा लिएको जीप, चाल, सहचालक सहित थप अनुसन्धान तथा कारवाहीको लागी महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाईएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय बैतडीले ट्रक सहित भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ ।
आज बुधबार बिहान मेलौली नगरापालिका वडा नं ३ स्थित सडकमा मेलौलीबाट पाटन तर्फ आउदै गरेको से १ ख २०१४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट भित्राईएका प्याज, चिनी, गुड, बिडी, पेय पदार्थ जुसहरु, चप्पल, मिठाई, खानेतेल लगायतका सामानसहित ट्रक चालक गणेश बहादुर मडैलाई नियन्त्रणमा लिएको छ ।
ट्रकमा लोड भएका सामानहरु मुल्य करिब उन्नाईस लाख आठ हजार चार सय चालिस बराबर रहेको डीएसपी गिरीले जानकारी दिनुभएको छ । सामान, ट्रक र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाईएको प्रहरीले जानकारी दिएको छ ।